उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार सप्तरी घटनाबारे छलफल गर्न सुरक्षा प्रमुखहरुलाई बोलाए ।
प्रहरी प्रधान कार्यालय नक्सालमा भएको छलफलमा नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी तथा गृहमन्त्रालअन्तर्गतको शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी थिए ।
गृहमन्त्री निधिले आक्रोशित मुद्रामा किन आन्दोलनकारीको टाउको र छातीमा गोली हानेको ? भनेर प्रश्न गरेका थिए । जवाफमा नेपाल प्रहरीका कार्यबाहक प्रमुख पोखरेल र सशस्त्रका श्रेष्ठले अनौठो जवाफ दिए । ‘गोली त घुँडामा हानेको हजुर, तर गोली हान्ने बेलामा सुतेछन्, त्यसैले टाउकोमा लागेछ ।’
त्यस्तो जवाफपछि निधि थप रिसाएको स्रोतले बतायो । उनले त्यस्ता फर्जी दाबी आफू नपत्याउने भन्दै जे भएको हो त्यही रिपोर्ट मंगलबार दिनभरीमा बुझाउन निर्देशन दिएका छन् ।