संशोधन पास गर्न कमल थापा सरकारमा , आजै शपथ

संशोधन पास गर्न कमल थापा सरकारमा , आजै शपथ
समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त गरेका छन् । स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई  भने बिना विभागीय मन्त्री बनाइने भएको छ ।

थापाको साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ ।

सप्तरी घटनापछि रुष्ट बनेको मधेसी मोर्चा र सरकारबीच सम्बन्ध बिग्रिदैँ गएपछि राप्रपा नजिकिएको थियो । मोर्चाले आफ्ना माग पूरा गर्न सात दिने अल्टिमेटम दिएको छ । मोर्चाको यस्तो निर्णयले सरकार अल्पमतमा परेको थियो । कमल थापाको साथले सरकार बहुमतमा पुगेको छ ।

राप्रपाबाट हाल दिपक बोहोरा मन्त्री छन् ।

 

Post Comment