प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले ७० वर्षदेखिको देखेको सपना पूरा भएको बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको उद्घाटन गर्दै प्रधानमन्त्रीले स्थानीय तह देशभरि कार्यान्वयनमा आउनु परिवर्तनको सुरुवात भएको बताएका छन् ।
उनले भने ‘म आज हर्षविभोर भएको छु । एउटा संविधानसभा असफल भएर अर्को संविधान गठन भयो र त्यो पनि असफल हुने हो की भन्ने चिन्ता थियोे, अब चिन्ता छैन । हामी कार्यान्वयनम गयौँ । आमूल परिवर्तन र क्रान्तिकारी परिवर्तनको प्रतिकको रुप मा स्थानीय तह पुनसंरचना कार्य प्रारम्भ भएको छ । सिंहदरबारको अधिकार गाउँगाउँ पुगेको छ ।’
परिवर्तनका लागि लड्नेको सपना पूरा भएको बताउँदै उनले मोर्चाका जायज माग पूरा गरेर चुनाव गर्ने बताएका छन्