सरकारले दलहरुबीच सहमति भए चुनाव पनि सार्न सकिने प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दलहरुबीच सहमति भएका चुनाव केहीदिन सार्न सकिने बताए । तर सहमति नभृ संविधान संशोधन पारित नभएपनि चुनाव अब नरोकिने स्पष्ट पारेका छन्। आइतबार बिहान नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋीष धमलासँग कुराकानी गर्दै खनालले प्रधानमन्त्री सहमतिका लागि गम्भिर छलफलमा रहेको र उच्चतहको समझदारी बने चुनाव केही सार्न सकिने बताए । ‘चुनाव तोकिएकै मितिमा गर्ने अहिलेसम्मको तयारी छ । अहिलेको अवस्थामा सार्न सकिदैन ’ उनले भने, ‘तर राजनीतिक सहमति भनेको बेग्लै कुरा त्यस्तो अवस्थामा सार्न सकिन्छ ।’
खनालले भने,‘चुनावको विकल्प छैन्, जनताले चुनाव चाहेका छन्, मुलुक चुनावमय भैसकेको छ, सरकारले चुनाव सम्पन्न गर्न युद्धस्तरमा काम गरिरहेको छ।’ उनले मधेशी मोर्चासँग कुरा नमिल्दा पनि अब चुनाव नरोकिने स्पष्ट पारे। उनले भने,‘मोर्चाका साथीहरुसँग हामी निरन्तर सम्वादमै छौं, वार्ता तथा छलफलबाट पनि कुनै सहमति निस्किएन भनेपनि हामी अब चुनाव रोक्ने पक्षमा छैनौं, चुनाव हुन्छ।’
उनले स्थानीय तहको कार्यान्वयनसँगै पहिलो पटक जनतामा विकास पुगेको अनुभुत जनताहरुलाई भैरहेको जिकिर गरे। राप्रपाले संविधान विपरित गएको निर्वाचन आयोगको निर्णय सहिी भएको पनि उनले बताए ।
उनले सरकार गठन भएसँगै निरन्तर मधेशी, जनजाति, थारुहरु लगायतका माग पूरा गराउन छलफल तथा वार्तामा बसिरहेकोले अब चुनाव नरोकिने स्पष्ट पारे। उनले भने,‘चुनाव एक महिना रोकेर वार्ता गरौंला रे, तर सहमति भएन भने के हुन्छरु त्यसैले चुनाव रोकिँदैन्, तर वार्ता जारी रहन्छ।’
उनले आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले सरकार त्यही अनुरुप गम्भिर भएर निर्वाचनको तयारीमा जुटेको बताए।