प्रचण्डले महरालाई दिए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रचण्डले महरालाई दिए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज (बिहीबार) चीन जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्ने कार्यक्रम छ ।

प्रधानमन्त्री चीन भ्रमणमा रहने भएकोले कार्यवाहक प्रधानमन्त्री को बन्ने भन्ने विवाद थियो । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसबाट उपप्रधान् एवम् गृहमन्त्री बनेका विमलेन्द्र निधि र राप्रपाबाट उपप्रधान् एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका कमल थापावीच वरियताक्रममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री दाहाललेपनि कार्यवाहकको जिम्मेवारी कसलाई सुम्पिने भनेर निर्णय गर्न सकेका थिएन् । तर उनले आजमात्रै वरियताक्रममा तेस्रो नम्बरमा रहेका माओवादी केन्द्रबाट उपप्रधान एवम् अर्थमन्त्री बनेका कृष्णबहादुर महरालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्।
महरा निधि र थापाभन्दा अघि नै नेपालको उपप्रधानमन्त्री बनिसकेकोले उनलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री दाहालले तोकेका हुन्।
देउवाले पनि निधिलाई नै कार्यवाहक प्रधानमन्त्री दिनुपर्छ भनेर जोड गरेनन् । प्रधानमन्त्री दाहालले पनि देउवाको राय लिनको लागि पटक पटक आग्रह गरेका थिए। तर देउवा पछिल्लो समय निधिसँग रुष्ट बनेका छन् । उनले पनि निधिलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्छ भनेर प्रधानमन्त्रीसँग कुनै आग्रह गरेनन् ।
प्रधानमन्त्रीले महरालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेपछि निधि यतिवेला रुष्ट बनेका छन्। यसबारेमा उनले प्रधानमन्त्री तथा सभापति देउवालाई नै चूनौति दिएका छन्।

Post Comment