चिन सक्रियता नेपालमा बढ्दै ,चिनियाँ रक्षामन्त्री राजनितिक भेटघाटमा व्यस्त

चिन सक्रियता नेपालमा बढ्दै ,चिनियाँ रक्षामन्त्री राजनितिक भेटघाटमा व्यस्त
समाचार

नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आजपनि भेटवार्तामा व्यस्त हुने भएका छन् ।
उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्नेछन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमन्डल नेपाल आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विहीबार नै भेटवार्ता भइसकेको छ । राष्ट्रपति भण्डारीसँग दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट हुने रक्षा मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले आज नै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटमा उनले चीन विरोधी गतिविधिका विषयमा चासो राख्ने बुझिएको छ । आज चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।
उनको सम्मापनमा आजै सैनिक मुख्यालयमा रात्री भोजको आयोजना गरिएको छ । नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ ।

Post Comment