भारत होईन चीन संग पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

भारत होईन चीन संग पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल
समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै चीन–नेपाल कनेक्टिभिटिमा जोड दिएका छन्। नेपालजस्तो भूपरिवेष्ठित देशको लागि चीनसँगको कनेक्टिभिटी पहिलो प्राथमिकता भएको दाहालले बताएका हुन्।

प्रम दाहालले गत वर्ष चीनसँग भएका व्यापार तथा पारवहन सन्धिको प्रोटोकलहरुमा थप सहमति जुटाउने नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे।
‘कनेक्टिभिटि हाम्रो मुख्य चासो हो। पूर्वाधारको विकास, बजारको बिस्तारजस्ता कुराले हाम्रो समृद्धि हुनेछ’ सम्बोधनमा प्रधानमन्त्री दाहालले भने ‘सडक, रेल र इन्टरनेटजस्ता कनेक्टिभिटि बढाएमा नेपालको विकास हुन्छ।’
उनले भूकम्पपछि अवरुद्ध तातापानी नाका पुनः सञ्चालन गर्न आफूले चीनसँग आग्रह गरेको बताए। प्रम दाहालले चीन–नेपालबीच हवाइजहाजबाट थप आवतजावत बिस्तार गर्न जोड दिए। चीनका मुख्य शहर र काठमाडौंबाट सीधा र थप फ्लाइट बिस्तार गरेर जनसम्बन्ध थप बढाउन सकिने उपाय सुझाए
प्रम दाहालले नेपाल जलस्रोतमा धनी भएकोले चिनियाँ व्यवसायीहरुलाई यसमा लगानी गर्न आग्रह गरे। ‘नेपाल–चीन दुवैलाई फाइदा हुने क्षेत्र भनेको नेपालको उर्जा क्षेत्रमा लगानी गर्नु नै हो’, उनले भने। सोलार पावर, बायो इनर्जीजस्ता क्षेत्रमा चिनियाँ लगानी नेपालमा भित्राउन चाहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
त्यसैगरी, प्रधानमन्त्री दाहालले नेपालको शहरी पूर्वाधारको विकास, क्रस बोर्डर ट्रान्समिसन, टेलिकमिनिकेसन र आइसीटीजस्ता क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताए। नेपालको विकासमा चिनियाँ प्रविधिले ठूलो योगदान पुर्याउन सक्ने उनको तर्क थियो।
नेपाल भएर दक्षिण एशियासँग जोडिंदा चीनलाई बढी लाभ हुने बताउँदै दाहालले यो क्षेत्रको विकासको लागि सबैभन्दा सुनौलो अवसर भएको टिप्पणी गरे। केरुङ–काठमाडौं आउने रेललाई भारतसँग जोड्दा चीन, नेपाल र भारत तीन देश नै लाभाविन्वत हुने उनको दाबी थियो। विगतमा जस्तै दाहालले यो पटक पनि त्रिदेशीय सहकार्यलाई जोड दिएका छन्।
दाहालले ०६५ सालमा पहिलो पटक चीन भ्रमण गर्दा उठाएको त्रिदेशी सहकार्य गत असोजमा ‘ब्रिक्स–बिमस्टेक आउटरिच’सम्मेलनका क्रममा भारतको गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको त्रिपक्षीय भेटवार्तामा पनि त्रिदेशीय सहकार्यमा जोड दिएका थिए।
यसपटक पनि दाहालले बेइजिङमा त्रिदेशिय सहकार्यलाई उठान गरेका छन्। चीनले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएकोमा धन्यवाद दिंदै दाहालले चीनले नेपालको स्थीरता र विकास चाहेको उल्लेख गरे।
अन्तर्रा्ष्ट्रिय विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्दै दाहालले विश्वविद्यालयको उदेश्य चीनलाई विश्वमा परिचित गराएको बताए।
चीन–नेपाल भूगोल, सभ्यता, संस्कुति, व्यापार, जनताबीचमा भएको अन्तरसम्बन्धले एकआपसमा घनिष्ठ रुपमा जोडिएको प्रम दाहालको भनाइ थियो। दाहालले इतिहासदेखि नै बुद्ध धर्मले दुवै देशलाई सांस्कृति रुपमा पनि जोडेको उल्लेख गरेका थिए।
आइतबार बिहानै ग्रेटवाल अवलोकन गर्न पुगेका दाहालले दिउँसो अर्का उपप्रधानमन्त्री वाङ याङसँग भेटवार्ता गर्दैछन्।
दाहालले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्रा्िष्ट्रय विभागका प्रमुख सोङ ताओसँग आज(आइतबार) एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रम दाहाल र राष्ट्रपति सीबीच सोमबार बिहान भेटवार्ता हुने जनाइएको छ। दाहाल र सीबीच हुने यो तेस्रो भेटवार्ता हुनेछ।
प्रम दाहालले चीनका प्रथम उपप्रधानमन्त्री झाङ गाउलीसँग शुक्रबार बोआओमा भेटवार्ता गरेका थिए।

Post Comment