निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक सहितका नेताहरू पक्राउ परेका छन् ।
आइतबार बिहान कान्तिपथस्थित आयोगको कार्यालय अगाडि धर्ना बस्न जाने क्रममा संयोजक भट्टराईसहितका नेताहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सांसद गंगा चौधरी, नेताहरू सीपी गजुरेल, परशुराम तामाङ, हिसिला यमी, रामकुमार शर्मालगायत ५०–६० जना नेता कार्यकर्ता रहेका छन् ।
तीन दर्जन बढी साना दलहरूको नेतृत्व गरेर कान्तिपथ पुग्नै लाग्दा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको हो । पक्राउ परेका नेताहरूलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ ।
निर्वाचनमा एउटै चुनाव चिन्हमार्फत मुलुकभरि उम्मेदवारी दिन पाउनु पर्ने मागसहित भट्टराईसहितका नेताहरू कान्तिपथ प्रस्थान गरेका थिए । बाँकी रहेका नेता तथा कार्यकर्ताले आयोगको कार्यालय अगाडि धर्ना दिएका छ