उपप्रधानमन्त्री बरियता विवाद: निधि बिरुद्ध थापा आक्रमक, बोलचाल समेत बन्द

उपप्रधानमन्त्री बरियता विवाद: निधि बिरुद्ध थापा आक्रमक, बोलचाल समेत बन्द
समाचार

प्रधानमन्त्रिपछि मन्त्रिपरिषद्को वरियतामा को दोस्रो भन्ने विवादका कारण मन्त्रिपरिषद् बैठक अनिश्चित बनिरहेका बेला उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री कमल थापाले अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिविरोधी अभियान तीव्र पारेका छन् ।

मंगलबार सिंहदरबारमा प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतासँगको भेटमा थापाले निधिका गतिविधिबारे रिपोटिङ गरेका थिए । एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा राप्रपा अध्यक्ष समेत रहेका थापाले निधिको गतितिवधि राष्ट्रहितमा नरहेको बताएका थिए ।

सरकारमा बसेर बाह्य शक्तिको इशारामा मधेसी मोर्चाको अनुचित र राष्ट्रहीत विपरितको काम गरिरहेको आरोप थापाले लगाए त्यस क्रममा उनले निधिले दुई र पाँच नम्बर प्रदेशमा निर्वाचनको वातावरण नरहेकाले दोस्रो चरणमा गर्ने गरी पहाडमा मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकारले ल्याएको जानकारी ओलीलाई गराएका थिए । थापा र निधिले प्रधानमन्त्रीपछि आफू नै वरिष्ठ भएको दाबी गरेपछि लामो समयदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन् ।

प्रधानमन्त्री चीनबाट फर्कने क्रममा स्वागतका लागि अन्तराष्ट्रिय विमानस्थल पुगेका निधिले सभामुखपछि थापा उभिएको देखेपछि अर्का उपप्रधान तथ अर्थमन्त्री कृष्णबहादुर महारलाई थापातिर धकेलेको तस्वीर भाइरल बनेको थियो । निधि र थापाबीच भेटहुँदा समेत बोलचाल हुँदैन् ।

Post Comment