न्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा वरियतामा प्रधानमन्त्रीपछिको वरिष्ठ उपप्रधानमन्त्री बनेका छन् ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका थापालाई विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहिबार आफूपछि दोस्रो वरियताको उपप्रधानमन्त्री बनाएको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिए ।
यसका लागि प्रधानमन्त्रीले सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सहमति लिइसकेका छन् ।
यसअघि गृहमन्त्री बिमलेन्द्र निधि दोस्रो वरियताको उपप्रधानमन्त्री थिए ।
आजै बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले थापालाई दोस्रो वरियताको उपप्रधानमन्त्री बनाएको जानकारी गराएका थिए ।
यससँगै निधि वरियतामा प्रधानमन्त्रीपछि तेस्रो नम्बरमा झरेका छन् । तेस्रोमा रहेका कृष्ण महरा चौथो नम्बरमा पुगेका छन् ।
मधेसवादी दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारमा कमल थापा काँध थाप्न आएका थिए । त्यो गुनको बदलामा प्रधानमन्त्रीले निधिलाई आउट गर्दै उनलाई वरिष्ठ उपप्रधानमन्त्री पद दिएको बताइन्छ ।