Breaking News : उपप्रधानमन्त्री निधिले राजिनामा दिने तयारी , आफु निकट नेताहरु संग अकास्मिक बैठक

Breaking News : उपप्रधानमन्त्री निधिले राजिनामा दिने तयारी , आफु निकट नेताहरु संग अकास्मिक बैठक
समाचार

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग आकस्मिक छलफल गरेका छन् ।

बिहीबार गृहमन्त्रालयमा बोलाएर उनले काँग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग पछिल्लो राजनीतिक घट्नाक्रमबारे परामर्श गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद कारण मन्त्रिपरिषदको बैठक बस्न नसकिरहेको अवस्थामा सरकारको प्रमुख घटक नेपाली काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग आकस्मिक छलफल गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकमा मन्त्रीहरु अर्जननरसिंह केसी, केशब कुमार बुढाथोकी, बालकृष्ण खाँड, जीवनबहादुर शाही, प्रकाशशरण महत, नविन्द्रराज जोशी लगायत काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रायः सबै मन्त्रीहरुको उपस्थिति रहेको छ ।

Post Comment