स्थानिय निकाय निर्वाचन:पहिलो चरण प्रचण्ड सरकार दोस्रो चरण देउवा सरकार,यस्तो छ सत्ता हेरफेरको डिजाईन !

स्थानिय निकाय निर्वाचन:पहिलो चरण प्रचण्ड सरकार दोस्रो चरण देउवा सरकार,यस्तो छ सत्ता हेरफेरको डिजाईन !
समाचार

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ १ गते प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाएको कांग्रेस नेताहरुले दाबी गरेका छन् । दाहालले जेठ १ गते प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाएपछि स्थानीय तहको घोषित चुनाव दुई चरणमा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भएका हुन् ।

‘वैशाख ३१ मा स्थानीय तहको पहिलो चरण निर्वाचनलगत्तै प्रधानमन्त्रीले पदबाट राजीनामा दिने कांग्रेस नेतृत्वलाई आश्वस्त तुल्याएउनु भएको छ’ कांग्रेस स्रोतले भन्यो, ‘कांग्रेस र माओवादीबीच चैतको अन्तिममा नै सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो, स्थानीय तहको चुनावका कारण ढिलो हुने भएपछि त्यसबारे स्पष्टता हासिल गर्न प्रधानमन्त्री र पार्टी सभापतिजीबीच नयाँ समझदारी भएको छ ।’

दुई चरणमा चुनाव गरे देउवाको सत्तारोहण अनिश्चित बन्ने कांग्रेसले आशंका गरेपछि चुनाव दुई चरणमा गर्न ३१ गतेको चुनाव सकिनासाथ प्रधानमन्त्रीले राजीनामा दिने र अर्काे चरणको चुनाव देउवा प्रधानमन्त्री भएपछि गर्ने सहमति भएको उनले दाबी गरे । यसअघि कांग्रेस सभापति देउवाले कुनै पनि हालतमा दुई चरणमा चुनाव गर्न नहुने वताउँदै बैशाख ३१ गते नै स्थानीइ तहको चुनाव सक्नु पर्ने अडान राखेका थिए । तर दाहालले जेठ १ गते राजीनामा दिने आश्वासन दिएपछि पार्टी बैठकमा एकै चरणमा चुनाव हुनु पर्ने आवाज उठे पनि देउवा दुई चरण चुनाव गर्न सहमत भएका हुन् । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा सबैजसो नेताहरुले एकै चरणमा चुनाव हुनु पर्ने वताएका थिए । तर, देउवाले दुई चरणमा चुनाव गर्न सकिने वताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने चुनावको मिति सार्ने वा दुई चरणमा चुनाव गर्ने कुरा मान्य नभएको जनाएको छ । स्थानीय तहको चुनाव तयारीमा निर्वाचन आयोग तयार रहेको र जनता पनि उत्साहित रहेको अवस्थामा दुई चरणको कुरा उठाएर चुनाव टार्न बल गरेको एमाले नेताहरुको विश्लेषण छ । ‘निर्वाचन गराउने आयोगले एकै चरणमा चुनाव गराउन सक्छु भनेको छ, चुनावप्रति जनतामा ठूलो उत्साह छ’ एमालेका एक नेताले भने, ‘केका लागि दुई चरणमा चुनाव गर्ने प्रसंग उठाइएको हो हामीले बुझेका छैनौं ।’ उनले चुनावबाट भाग्ने प्रयास स्वरुप यस्ता नयाँ नयाँ प्रस्ताव आएको एमाले नेताहरुले आशंका गरेका छन् ।

Post Comment