अचानक रोकियो मन्त्रिपरिषद्को बैठक

अचानक रोकियो मन्त्रिपरिषद्को बैठक
समाचार

पप्रधानमन्त्रीको वरीयताका कारण पटकपटक सर्दै आएको मन्त्रिपरिषद् बैठक आज पनि नबस्ने भएको छ।

दिउँसो ३ बजेका लागि डाकेको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो ३ बजेका लागि सारेका हुन्।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला उप्रधानमन्त्री कमल थापालाई दोस्रो हैसियतमा राखेका प्रधानमन्त्री दाहालले त्यही कारण तीन सातायता मन्त्रिपरिषद बैठक राख्न सकेका छैनन्।

यस अघिका पटक-पटक बैठक तोक्दै सार्दै गरेका प्रधानमन्त्रीले आजको बैठक पनि भोलिका लागि सारेका हुन्।

नियमित रुपमा सोमबार र बिहीबार बस्दै आएको बैठक प्रधानमन्त्रीले आजका लागि बोलाएका थिए।

राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याएपछि उनलाई चौथो हैसियतमै राखेर मन्त्रिपरिषद् बैठक राखेका प्रधानमन्त्रीले वर्तमान सरकारका डिजाइनरका रुपमा चिनिने निधिलाई एकाएक तेस्रो हैसियतमा पुर्‍याएपछि बैठक राख्न सकेका छैनन्।

बैठक बस्न नसक्दा मन्त्रिपरिषद्ले नियुक्त गरेका आइजी सर्वोच्चले बदर गरेकाले अर्को नियुक्ति समेत हुन सकेको छैन। त्यस बाहेकका नियमित काम समेत प्रभावित भएका छन्।

Post Comment