अन्तत :प्रतिपक्षको लगातार बिरोधपछि सरकारले संशोधन प्रस्ताव फिर्ता लियो ,

अन्तत :प्रतिपक्षको लगातार बिरोधपछि सरकारले संशोधन प्रस्ताव फिर्ता लियो ,
समाचार

प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका विपक्षी दलले विरोध गर्दागर्दै गत पुस २४ गते संसदमा पेलेरै ‘टेबल’ गरिएको संविधान संशोधनको (दोस्रो संशोधन) विधेयक सरकारले फिर्ता लिएको छ ।

आफ्ना माग सम्बोधन नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध जनाएपछि मंगलबार बसेको संसद बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयक फिर्ता लिएका हुन् ।

उक्त विधेयकलाई एमाले लगायतका विपक्षीहरुले देशको हित विपरीत रहेको भन्दै विरोध गरेका थिए । विधेयकमा प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषाजस्ता संवैधानिक व्यवस्थामा संशोधन गर्ने प्रस्ताव थियो ।

मधेसका माग सम्बोधनका लागि भन्दै सरकारले मंसिर १४ गते क्याविनेट निर्णय गरेर विधेयकलाई रातारात संसद सचिवालयलमा दर्ता गरेको थियो ।

Post Comment