राजतन्त्र होईन हिन्दु राज्यका लागि पूर्बराजा सक्रिय

राजतन्त्र होईन हिन्दु राज्यका लागि पूर्बराजा सक्रिय
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ रणनीतिका साथ सक्रिय देखिएका छन् । उनले नयाँ बनाएको नयाँ रणनीतिमा तत्काललाई हिन्दूराष्ट्र पूर्नस्थापना गराउने र यसलाई संस्थागत गराउन पहल गर्ने रहेको छ ।

शाह निकट उच्च स्रोतका अनुसार राष्ट्रपति विद्या भण्डारी र पूर्वराजा शाहवीच भएको पछिल्लो भेटवार्तामा पनि हिन्दूराष्ट्र पूर्नस्थापना गराउनको लागि कुराकानी केन्द्रित भएको छ । शाहले अहिले राजतन्त्र नभएर हिन्दूराष्ट्रलाई पूर्नस्थापना गराउन लबिङ् थालेका छन् ।

उनले पहिला हिन्दूराष्ट बनाउनको लागि सबै दलहरुवीच सहमति होस् भन्ने चाहेका छन् । स्रोतको दाबी छ,‘पूर्वराराजाले पहिला हिन्दूराष्ट्र संस्थागत गर्नुपर्छ भन्दै यही उद्देश्य प्राप्तिको लागि आफ्ना दुतमार्फत नेताहरुको घर–घरमा यो सन्देश प्रवाह गरिरहेका छन ।’

उनले आफ्नो एकमात्रै उद्देश्य भनेको नै हिन्दूराष्ट्र पूर्नस्थापना गर्नु हो । त्यही भएर उनले यतिवेला प्रमुख दलका शीर्ष नेताहरुसँग आफ्ता दुतमार्फत यो सन्देश प्रवाह गरिरहेका छन् । स्रोतका अनुसार उनका दुतहरुले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र मधेशी मोर्चाका नेताहरुसँग भेटेर नै यो कुरा राखिसकेका छन्

Post Comment