नयाँ बर्षमा पूर्बराजाले दुखित हुदै भने :-नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपाल बनोस्

नयाँ बर्षमा  पूर्बराजाले दुखित हुदै  भने :-नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने  नेपाल बनोस्
समाचार

पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै दलहरुबीच बढेको दुरीप्रति चिन्ता प्रकट गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देशमा दलहरुले संवाद र सहमतिलाई राजनीति केन्द्रीत बनाएको समेत उल्लेख गरेका छन् ।
शुभकामना सनदेशमा भनिएको छ, ‘राजनीतिक तहमा भएका अनगिन्ति संवाद र सहमति जनसमस्या समाधानमूखी नभएर राजनीति केन्दित हून पूगेको देखिन्छ । राजनीतिक क्षेत्रप्रतिको भरोसा न्युन हूंदा त्यसले अन्तत देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पू¥याउने त्रास थपेको छ’
शान्त,समृद्ध,सुरक्षित,सवल एवं अखण्ड नेपाल,गरिवी एवं अभावमुक्त नेपाल,हरेक नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपालको चाहना पूर्व राजा शाहबाट व्यक्त भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय न्यायपालिका र कार्यपालिकाबीच बढेको दुरीतर्फ संकेत गर्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच असन्तुलन बढेको भन्दै चिन्ता जनाएका छन् ।
उनले नयाँ वर्षले देशमा शान्ति र समृद्धि ल्याओस् भन्नेकामना गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय नेपाली राजनीतिले ल्याएको वितृष्णालाई आफ्नो सन्देशको खुराक बनाउँदै वक्तव्य जारी गर्दै आएका छन् ।

Post Comment