जनयुद्धको नेतृत्व सरकारमा हुदाँ बालकृष्ण ढुंगेललाई पक्राउ गर्न खोजिनु गंभीर विषय :- वैद्य

जनयुद्धको नेतृत्व सरकारमा हुदाँ  बालकृष्ण ढुंगेललाई पक्राउ गर्न खोजिनु गंभीर विषय :- वैद्य
समाचार

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनयुद्धकालीन मुद्दा ब्युँझाएर बालकृष्ण ढुंगेलमाथि फैसला गरी सातदिने पक्राउ पुर्जी समेत जारी गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

‘बृहत शान्ति संझौता अनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फवाट तत्काल फिर्ता लिइनु पर्नेमा झण्डै दश वर्ष वितिसक्दा पनि सो नभएको र सत्यनिरुपण मेल मिलाप गर्नका लागि भनी दुई ओटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यस अनुसार पनि नगरिएको यथार्थ स्पष्ट नै छ । यसरी बृहत् शान्ति संझौताको गंभीर उल्लघन हुँदा पनि त्यस प्रति राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय हो’, वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा जनयुद्धको नेतृत्वको एउटा हिस्सा सरकार प्रमुखमा आसीन भैरहनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ताहरु यसरी उत्पीडित बन्नु गंभीर चिन्ताको विषय भएको समेत उल्लेख गरिएको छ ।
वैद्यले बृहत शान्ति संझौता अनुरुप जनयुद्धकालीन मुद्दाहरुको अविलम्व खारेजी र बाँकी रहन गएका जनयुद्धकालीन मुद्दाहरुबारे उक्त आयोगहरु मार्फत् मेलमिलापको व्यवस्था गर्नका लागि नेपाल सरकारसित माग समेत गरेका छन् ।

Post Comment