उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तोकिएको मिति ३१ वैशाखमा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् । निधीले मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमार्फत सुरक्षा प्रबन्धले मात्रै चुनाव हुन नसक्ने बताएका हुन् ।
‘स्थानीय तहको चुनावको लागि पर्याप्त सुरक्षा प्रवन्ध हुन नसकेको भन्दै यसबारेमा दलहरुबीच पर्याप्त छलफल हुनु जरुरी छ’, उनले ट्वीटरमा भनेका छन् ।
The EC & security arrangement aren’t sufficient;political settlements through dialogues among the parties is must for successful elections.
— Bimalendra Nidhi (@BimalendraNidhi) April 16, 2017
//platform.twitter.com/widgets.js
निर्वाचन गराउने मुख्य जिम्मेवारी प्राप्त व्यक्तिले लाचारी प्रकट गरेको भन्दै ट्वीटरमै उनको चर्को आलोचना भएको छ । निधीले सफल निर्वाचनका लागि पार्टीहरुबीच वार्ताबाट राजनीतिक व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
निर्वाचन आयोगले चुनावको ८० प्रतिशत तयारी भइसकेको समेत बताइसकेको अवस्थामा उनले निर्वाचन आयोगले गरेको चुनावी तयारीबारे समेत प्रश्न उठाएका छन् ।
मधेसमा आन्दोलनरत स मधेसी मोर्चाले आइतबारमात्रै चुनाव बहिस्कार गर्दै आन्दोलन विथोल्ने घोषणा गरिसकेको अवस्थामा गृहमन्त्रीबाट यस्ता धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।