परराष्ट्रमन्त्रीले भारत पुगेर भने :-नेपालको संबिद्यानमा त्रुटि छ

परराष्ट्रमन्त्रीले भारत पुगेर भने :-नेपालको संबिद्यानमा त्रुटि छ
समाचार

परराष्ट्रमन्त्री प्रकाशशरण महतले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सरकारले पुरा गर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगै भारत भ्रमणमा गएका महतले सोमबार त्यहाँस्थित नेपाली दूतावासले गरेको कार्यक्रममा असन्तुष्टि सम्बोधन गरेर मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास जारी रहेको बताए ।

‘मधेसी मोर्चालाई पनि विश्वासमा लिएर तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध छ’, उनले भने, ‘मधेसी मोर्चाका माग पुरा हुन्छ ।’ महतले नेपालको संविधानमा त्रुटिहरु रहेको स्वीकार गरे ।

त्यही त्रुटी सच्याउन सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव अघि सारेको दाबी उनले गरे । भारतीय नेतृत्वले नेपालको संविधानमा त्रुटि रहेको बताउँदै सच्याउन दबाब दिइरहेकै बेला महतले भारतमै पुगेर नेपालको संविधान त्रुटिपूर्ण रहेको बताउनुलाईअर्थपूर्ण मान्न सकिन्छ ।

महतले स्थानीय तहको निर्वाचनमार्फत संविधान कार्यान्यवनको ढोका खोल्न सरकार प्रयासरत रहेको भन्दै सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

 

Post Comment