डिआजी सिलवाल प्रकरणको पर्दाफास: देउवाका बिश्वास पात्र रेग्मीको आदेशमा पक्राउ , गृहमन्त्री बेखबर

डिआजी सिलवाल प्रकरणको पर्दाफास: देउवाका बिश्वास पात्र रेग्मीको आदेशमा पक्राउ , गृहमन्त्री बेखबर
समाचार

सामान्यतः सबैलाई लाग्न सक्छ कि प्रहरीको बर्दीधारी डिआईजीलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश वा जानकारी बेगर असम्भव छ । तर, सिलवाल पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बेखबर थिए । सञ्चार माध्यमबाट थाहा पाएपछि मात्र निधिले प्रहरी नेतृत्वलाई त्यसबारे सोधेका थिए । ‘गृहमन्त्रीज्यूलाई थाहै थिएन, सञ्चार माध्यममा आएपछि मात्र उहाँलाई थाहा भयो’, गृहमन्त्री निधिका एक सहयोगीले भने । f

गृहसचिव लोकदर्शन रेग्मीले सिलवाललाई पक्राउ गर्न निर्देशन दिएका थिए । रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक अर्यालले सिलवाललाई पक्रेर ल्याउन टोली खटाएका थिए । रेग्मी काँग्रेस सभापति शेरबहादुर देउवाको विश्वास पात्र हुन् । रेग्मीले बुढानीलकण्ठ रिझाउन सिलवाललाई पक्रन लगाएको दाबी श्रोतको छ । मुख्यसचिव सोमलाल सुवेदी एडीबीमा गएपछि मुख्यसचिव हुन रेग्मीले चलखेल तीव्र पारेका छन् ।

सुवेदी एक वर्षे कार्यकाल बाँकी छँदै एसियाली विकास बैंक (एडीबी) को फिलिपिन्सको मनिलास्थित मुख्यालयमा वैकल्पिक कार्यकारी निर्देशन भएर जाने भएपछि उक्त पद खाली हुने भएको हो । देउवा सिलवालप्रति व्यक्तिगत रुपमै पूर्वाग्रही छन् । मुख्य सचिव हात पार्नका लागि देउवा रिझाउन रेगमीले बुढानिलकण्ठबाटै सिलवाल पक्रने योजना बनाएका थिए ।

पहिलो वरियताका डिआईजी सिलवाललाई रोकेर देउवाको दबाबमा सरकारले तेश्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थिaयो । उक्त बढुवाविरुद्ध सिलवाल अदालत गए । अदालतले चन्दको बढुवा बदर गर्दै वरिष्ठता र ज्येष्ठताका आधारमा बढुवा गर्न निर्देशन दियो ।

अदालतले पछिल्लो चार वर्षको कार्यसम्पादन मूल्यांकनमा सिलवाल पहिलो, प्रकाश अर्याल दोश्रो, बमबहादुर भण्डारी तेश्रो र जयबहादुर चन्द चौथो नम्बरमा रहेको स्पष्ट गर्दै वरियताका आधारमा नियुक्ति गर्न दिर्नेशन दिए पनि देउवाकै दबाबमा मन्त्रिपरिषदले दोश्रो वरियताका अर्याललाई महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध पनि सिलवाल अदालत गएका थिए । अदालतमा मुद्धा विचाराधीन छ ।

 

Post Comment