नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छद्म, बेइमानी र धोकापूर्ण ढंगले जनता झुक्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
स्थानीय तहको संख्या बढाउने सम्बन्धमा जिज्ञासा राख्दा प्रधानमन्त्री पुष्पकमल दाहालले हल्लाको पछि नलाग्न भन्दै छद्म, बेइमानीपुर्ण रुपमा ११ जिल्लामा स्थानीय तहको संख्या बढाउनका लागि पत्राचार गरेको भन्दै त्यस किसिमको दुश्साहस नगर्न ओलीले चेतावनी दिए ।
मनमोहन अधिकारीको १८ औ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले मनमोहन , पुष्पलाल र मदन भण्डारीले नेतृत्व गरेको नेकपा एमालेको शक्तिलाई कमजोर नठान्न चुनौतीसमेत दिए ।
अध्यक्ष ओलीले सरकारले मुलुकको राष्ट्रियता माथि निकै ठुलो खेलवाड गर्दै चुनाव भाँडिने कुरा अघि सारेर देश टुक्रयाउने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने काम गरेको दाबी समेत गरे ।
सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन भन्दै ल्याएको संसोधन प्रस्तावमा एमाले सहितका सबै प्रतिपक्षी दल बाहेकको सर्वस्वीकार्य भनि कोष्ट भित्र नदेखिने गरि लेखिएको भनि व्यङग्यसमेत गरे ।
सरकारले ल्याएको संविधान संसोधन विधेयक राष्ट्रहित विपरित रहेको भन्दै फेल गराउने निर्णय गरेको एमालेले थानीय निकायको संख्या बढाउने गरी सरकारले तराईका ११ जिल्लामा गरेको भनिएको पत्राचारको विरोधमा मंगलबारको व्यवस्थापिका संसद बैठक अवरोध गरेको थियो ।