प्रधानन्यायाधीश सुशीला कार्कीले आफूमाथि लागेको महाअभियोगको डटेरै सामना गर्ने प्रतिक्रिया दिएकी छन् ।
आइतबार साँझ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कार्कीले आफूलाई कांग्रेस र माओवादी केन्द्रले खराब आचरण गरेको भनेर महाअभियोग दर्ता गरेको स्मरण गर्दै पुष्टि गरेर देखाउन चुनौति पनि दिइन् । ‘मैले कहिल्यै पनि न्यायप्रतिको निष्ठा र इमान्दारितामा सम्झौता गरेकी छैन्,’ उनले भनिन्– ‘म माथि लागेको पुष्टि गरेर देखाउन ।’
उनले आफूले कुनै गल्ती नगरेको, घुस लिएर, कसैको दबाब र प्रभावमा परेर फैसला नगरेको स्पष्ट पार्दै महाअभियोग दर्ता भयो भन्दैमा डराएर नबस्ने बताइन् । र, जमेर महाअभियोगको सामना गर्ने स्पष्ट पारिन्