महाअभियोग पछि मधेसि नेताले भने:-‘प्रधानन्यायाधिशलाइ लगाएको आरोप गम्भिर छन्,संसदमाथि एकाधिकार ’

महाअभियोग पछि मधेसि नेताले भने:-‘प्रधानन्यायाधिशलाइ लगाएको आरोप गम्भिर छन्,संसदमाथि एकाधिकार ’
समाचार

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले कार्कीमाथि लागेको महांअभियोगको बिसयमा आफूहरुले छलफलबाट पछि निर्णय लिने स्पष्ट पारे ।

उनले भने,‘यो आभियोगमा गम्भिर आरोपहरु लागेका छन्, त्यसैले यी आरोपमा संसदमा छलफल गर्न दिनुपर्छ।’ उनले महाअभियोग संवैधानिक रुपमा दर्ता भएको स्पष्ट पारे ।

यद्धपी उनले आफूहरुलाई यतिवेला महाअभियोगको विषयमा भन्दापनि संविधान संशोधनको विषयमा बढि चासो र चिन्ता रहेको स्पष्ट पारे । उनले भने,‘पहिला संविधान संशोधन हुनुपर्छ, हाम्रो चिन्ताको विषय यो हो ।’

लालले अहिलेको राजनीतिक घटनाको बारेमा पार्टीको बैठकमा छलफल गरेर निर्णय गर्ने स्पष्ट पारे । न्यायालयमा राजनितिक नियुक्ति भएकोले राजनितिक हस्तक्षेप भएको बताउँदै भने,‘प्रधानन्यायाधिशलाइ लगाएको आरोप गम्भिर छन्।’ उनले २५ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएको अवस्थामा यो गलत हो भनेर पहिल्यै भन्न खोज्नु संसदमाथि एकाधिकार जमाउन खोज्ने प्रयास भएको टिप्पणी गरे ।

Post Comment