ललितपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार माओवादी केन्द्रले परिवर्तन गरेको छ ।
उपमेयरमा माओवादीले मन्जली शाक्यलाई अघि सारेको थियो तर उनको नाम मतदाता नामावलीको सूचीमा भेटिएन । मन्जलीको नाम सूचीमा नभेटिएपछि माओवादीले हसिना शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
ललितपुर महानगरपालिकाको मेयरमा भने माओवादीले दिनेश महर्जन ‘दिपेश’ को उम्मेदवारी दर्ता गराएको छ । उनीसँगै मन्जली शाक्य पनि उम्मेदवारी दर्ता गराउन गएकी थिइन् ।
उनीहरु फूलमाला लगाएर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन गएका थिए । साथमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसमेत थिइन् ।