राजेन्द्र महतोले भने:-मुलुकमा ठूलो दुर्घट्ना हुन्छ,कुनैपनि चुनाव हुन सक्दैन्

राजेन्द्र महतोले भने:-मुलुकमा ठूलो दुर्घट्ना हुन्छ,कुनैपनि चुनाव हुन सक्दैन्
समाचार

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले आउने जेठ ४ गतेसम्मपनि संविधान संशोधन नभए मोर्चाले तराई–मधेशमा कुनैपनि निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले जेठ ४ गतेसम्म संविधान संशोधन नभए, मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई लगार्ईएका झुठा मुद्दा फिर्ता नभए, राजबन्दी रिहाई नभए र जनसंख्याको आधारमा स्थानीय तहको संख्या नबढाए मोर्चाले कुनैपनि निर्वाचनमा भाग नलिने र मधेशमा निर्वाचन गर्न नदिने चेतावनी दिएका हुन् । उनले भने,‘निर्वाचनको लागि सरकारले माहोल बनाउनुपर्यो नि, अहिलेसम्म हामीसँग गरेको तीन बुँदे सम्झौता पालना गरेको छैन, अनि कसरी निर्वाचन हुन्छ, माहोल त बनाउनुपर्यो नि ?’

नेता महतोले संविधानमा आफ्ना हकअधिकार स्थापित् गराउनको लागि दर्जनौं मधेशी जनताहरुले साहादत दिएको बताउँदै सहिदहरुको सपना पूरा गर्नको लागि पनि संविधान संशोधन गराउनुपर्ने स्पष्ट पारे । उनले भने,‘आवश्यक संविधान संशोधन नगरीकन कुनैपनि चुनाव हुन सक्दैन्।’ उनले संशोधन नगरीकनसंविधान कार्यान्वयनको नाममा निर्वाचन गर्न खोजिए निर्वाचन नै प्रभावित हुने बताए ।

उनले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाएपनि अहिलेसम्म पारित नगराएकोमा दुःख व्यक्त गर्दै भने,‘निर्वाचनको वातावरण बनाउनको लािग संशोधन प्रस्ताव त पारित गराउनुपर्यो नि, हाम्रो लागि पनि बाटो खुल्छ, हामीले पटक–पटक भनिसकेका छौं, तर मधेश केन्द्रित दलहरुलाई निर्वाचनबाट बञ्चित गराउन नश्लवादी र हठवादी सोच ठूला दलहरुले देखाईरहेका छन्, यसले मुलुकमा ठूलो दुर्घट्ना हुन्छ।’

उनले आफ्ना साथीहरुलाई झुठा मुद्दा लगाएको अवस्था मोर्चा कसरी निर्वाचनमा भाग लिन सक्छ भन्दै प्रश्न समेत गरे । उनले थपे,‘हाम्रा साथीहरुलाई झुठा मुद्दा लगाईएको छ, राजबन्दी बनाईएको छ, यी सबै फिर्ता हुनुपर्छ, अनि स्थानीय तहको संख्या त्यो पनि झापादेखि कञ्चनपुरसम्म जनसंख्याको आधारमा बढाउनुपर्छ ।’

Post Comment