स्थानीय निकाय निर्वाचन:कास्कीमा एमालेले खाता खोल्यो , मादी गाउँपालिकामा प्यानल बिजयी

स्थानीय निकाय निर्वाचन:कास्कीमा एमालेले खाता खोल्यो , मादी गाउँपालिकामा प्यानल बिजयी
समाचार

स्थानीय निकाय निर्वाचनको लागि भएको मतदान अन्तर्गत कास्कीको पाँच स्थानीय तह मध्ये एउटा गाउँपालिमाका मतगणना जारी छ । पोखरा लेखनाथ महानगरपालिका र अन्य तीन गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन ।

मादी गाउँपालिकामा जारी मतगणनामा अहिले सम्म एमालेले अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारले ५५३ , कांग्रेसले ४३३ र माओबादी केन्द्रका उम्मेदवारले १० मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिकाको उप प्रमुखमा एमालेको ५५१, कांग्रेसको ४३३ र माओबादी केन्द्रका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।

मादी गाउँपालिकाको वडानम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । सो वडामा एमालेले ५५७, कांग्रेसले ४३४ र माओबादी केन्द्रका उम्मेदवारले १४ मत प्राप्त गरेका छन् ।

यसैविच पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अब केहि बेरमा सुरु हुने भएको छ । विहान बसेको सर्वदलिय बैंठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो । अहिले मत पेटिका मिलाउने काम भैरहेको र मतगणना सुरु गर्ने जनाइएको छ ।

Post Comment