प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ ।
तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचार संहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो । सरकार परिवर्तनको खेलले ३१ जेठका लागि तोकिएको दोश्रो तहको निर्वाचन अनिश्चित बन्न सक्ने एमालेको ठहर छ ।
‘निर्वाचन आचार संहिता लागू भइसकेको अहिलेको अवस्थामा खरदार, सुब्बा, तहका कर्मचारीको सरुवा र नियुक्ति त हुन नसक्ने हुन्छ ।
यस्तो अवस्थामा सरकार परिवर्तनका कुराले तोकिएको दोश्रो चरणको निर्वाचन समयमै हुन्न कि भन्ने हामीलाई गम्भीर चिन्ता छ’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ।
एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा
