७ वर्षीया बालिकालाई ‘रेप’ गरेकाे अाराेपमा अखिलका नेता पक्राउ

७ वर्षीया बालिकालाई ‘रेप’ गरेकाे अाराेपमा अखिलका नेता पक्राउ
समाचार

माच्छापुच्छ्रे गाउँपालिका–२ की ७ वर्षीया बालिकामाथि करणी गर्न खोजेको आरोपमा अशोक पौडेल पक्राउ परेका छन् ।

साथीहरूसँग सोमबार घुम्नका लागि त्यहाँ पुगेका पौडेलले मदिराको नशामा मात्तिएर बालिकालाई करणी गर्न खोजेको भन्दै बालिकाकी आमाले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी छन् ।

पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्रारम्भिक कमिटी पूर्व अध्यक्षसमेत रहेका २८ वर्षीय पौडेल पर्वतको फलेवासका स्थायी बासिन्दा हुन् । उनी हाल पोखरा–३, नदीपुर बस्छन् ।

पौडेलको नियत नै खराब रहेको बालिकका आफन्तको दाबी छ । ‘पहिलो रात होमस्टेमा बसेका रहेछन् । भोलिपल्ट चिनेको मान्छेसँग आएको हुनाले झन् स्वागत गरेका थियौं,’ उनले भने, ‘तर मान्छे बदमास रहेछ ।’ उनका अनुसार पौडेलले बालिकालाई करणी नै गर्न खोजेको आरोप लगाए ।

‘कोठाभित्र नग्न पारी आफू पनि अर्धनग्न अवस्थामा हामीले भेटेका हौं,’ उनले थपे, ‘बालिकाले गुहार मागेपछि बाहिर भाँडा माझ्न लागेकी आमा त्यहाँ पुग्दा पौडेल अर्धनग्न थिए ।’ त्यसपछि आमाले गुहार मागेपछि गाउँले पौडेलमाथि खनिए । पौडेललाई कुटपिट गरी गाउँलेले वडा प्रहरी कार्यालय बगरलाई उनलाई बुझाएका हुन् ।

बालिका करणी गर्न खोजेको भन्दै गाउँलेले नियन्त्रणमा लिएको सूचना पाएपछि पक्राउ गर्न प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए । ‘पीडित पक्षले जाहेरी दिएका छन्,’ उनले भने, ‘अनुसन्धान र स्वास्थ्य परीक्षण हुँदैछ ।’

पौडेल आइतबार ४ जना साथीसँग त्यहा घुम्न पुगेका थिए । सोही दिन फर्कने गरी त्यहाँ पुगेकामध्ये २ जना घर फर्किएका थिए भने पौडेल र उनका एक जना साथी उतै बसे । सोमबार त्यहाँ चिनेजानेकहाँ मदिरा खाएपछि दिउँसो ३ बजेतिर पौडेलले मदिराको मातमा यस्तो व्यवहार गरेको प्रहरीको भनाइ छ । पौडेललाई मंगलबार म्याद थप गरी अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

पौडेल यसअघि यस्तै प्रकृतिका २ घटनामा संलग्न रहेको १ विद्यार्थीले बताए । ‘केही वर्षअघि उनी पृथ्वी नारायण क्याम्पसकै होस्टेल बसेका बेला राति मदिराले मातेपछि छात्रा होस्टलमा चिहाउन पुगेका थिए,’ उनले भने, ‘त्यसपछि छानबिन कमिटीले कारवाहीसमेत गरेको थियो ।’ त्यस बेला उनलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्य समेत नरहने गरी निलम्बन गरिएको थियो ।

उनले बगरमा बस्दा पनि त्यस्तै घटना दोहोर्‍याएको एक प्रहरीले बताए । ‘गत वर्ष असार ५ गते उनले एउटै घरमा डेरा गरी बस्ने युवतीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो,’ स्रोतले भन्यो, ‘उनी तल्लो तल्लामा बस्थे । माथिल्लो तलमा बस्ने युवतीलाई राति मदिरा खाएर अर्धनग्न भइ ढोका खोल्न लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यो घटनामा एमालेका नेताको दबाबमा उनी छुटेको स्रोतले बतायो । ‘त्यस्तो गल्ती गर्नेलाई एक रातमै नेताले छुटाएपछि अर्को गल्ती गर्ने आँट आउनु स्वभाविकै हो,’ उनले भने, ‘एक पटक भएको घटना पो गल्ती । पटक पटक गर्ने अनि नेताले छुटाउने हुनाले अहिले यस्तो हर्कत निम्तियो ।’

आजको समधान दैनिकमा खबर छ 

Post Comment