देउवा प्रधानमन्त्री भए लगत्तै मोदी नेपाल आउने तयारी

देउवा प्रधानमन्त्री भए लगत्तै मोदी नेपाल आउने तयारी
समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् ।

मोदीको भ्रमणको लागि नेपाल र भारत दुवै तर्फबाट आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले जनाएका छन् । दुवै पक्षको सहमतिमा मोदीको नेपाल भ्रमणको मिति तय हुने पनि स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा निर्माण हुने अरुण तेस्रो जलविद्युत परियोजनाको उद्धघाट्नको लागि नेपाल आउन लागेका हुन् । उक्त समयमा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको समेत भ्रमण गर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले जनाए ।

उनका अनुसार मोदीको नेपाल भ्रमणको तयारी लागि दुवै पक्षबाट अहिले व्यापक गृहकार्य भैरहेको छ । ‘मोदीजी नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधुर र मजबुद बनाउने पक्षमा हुनुहुन्छ’–उनले भने,‘उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ, नेपाल–भारत द्धिपक्षीय आर्थिक सम्बन्ध थप मजबुद बनोस् भन्ने उहाँको चाहना छ।’

यसअघि भारतीय प्रधानमन्त्री मोदीले दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । पहिलो पटक उनले सन् २०१४ को अगष्टमा नेपाल भ्रमण गरेका थिए। दोस्रो पटक मोदी १८ औं सार्क सम्मेलनमा भाग लिनका् लागि नेपाल आएका थिए ।

Post Comment