एमालेको कार्यक्रममा राजपाका कार्यकर्ताले झण्डा च्याते ,नाराबाजी गर्दै कुर्सि फोडे

एमालेको कार्यक्रममा राजपाका कार्यकर्ताले  झण्डा च्याते ,नाराबाजी गर्दै कुर्सि फोडे
समाचार

नेकपा एमालेको चुनाव कार्यक्रम राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विथोलेका छन् । सप्तरीको राजविराजस्थित साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपा कार्यकर्ताले विथोलेका हुन् । उनीहरुले एमालेको प्रचार सामग्रीसमेत जलाइदिएका छन् ।

राजपा कार्यकर्ता एमालेको कार्यक्रम भइरहेको धर्मशालामा प्रवेश गरी एक्कसी तोडफोडमा उत्रिएका थिए । एमालेले चुनावी प्रचारका लागि राखेको झण्डा, पर्चा–पम्प्लेट तथा निर्वाचन चिन्हअंकित टिसर्टहरुसमेत जलाइदिएका छन् ।

नेकपा एमालेले राजपाले गरेको आक्रमणको निन्दा गर्दै दोषीमाथि आवश्यक कारवाहीको माग गरेको छ । घटनाको भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ ।

निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटीका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गरेका छन् ।

घटना लगत्तै प्रहरी टोली पुगेका कारण स्थिति नियन्त्रण बाहिर जान नपाएको बताइएको छ । प्रहरी टोलीले झडप हुनबाट रोकेपछि थप क्षति भने हुन पाएन ।

Post Comment