नाकाबन्दीमा चुप रहेका बाबुराम गोर्खाल्याण्ड बारे बोले

नाकाबन्दीमा चुप रहेका बाबुराम गोर्खाल्याण्ड बारे बोले
समाचार

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दार्जिलिङमा भइरहेको गोर्खाल्याण्डको आन्दोलन जायज भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराइले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले त्यहाँको आन्दोलन भारतको आन्तरिक मामिला भए पनि नागरिकको जायज मुद्दाहरुमा बोल्न मिल्ने बताएका छन् । नेपालको मधेस आन्दोलनसँग दार्जिलिङको गोरखाल्याण्डको आन्दोलनसँग जोड्दै उनले दुवै आन्दोलन ठीक भएको बताएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘राज्यले अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन । तर नागरिकहरूले जायज नागरिक मुद्दाहरूमा बोल्न मिल्छ। मधेस र गोरखाल्याण्ड दुवै जायज हुन् ।’

Post Comment