दलीय प्रतिनिधिलाई मत पत्र छुन नदिइने

दलीय प्रतिनिधिलाई मत पत्र छुन नदिइने
समाचार

निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले दोस्रो चरणको निर्वाचनको मतगणना गर्दा दलीय प्रतिनिधिलाई मत पत्र छुन नदिइने बताएका छन् । जिल्लामा निर्वाचनको तयारीका बिषयमा जिल्ला प्रशासन कार्यालयले शनिबार आयोजना गरेकोे अन्तरक्र्रिया कार्यक्रममा बोल्दै आयुक्त पौडेलले यस्तो बताएका हुन् ।

निर्वाचन बिरोधी काम गर्ने जुन सुकै दल तथा समुहलाई नछोडिने उनले बताए । निर्वाचनमा बालबालीका प्रयोग गर्नु अपराध भएको भन्दै त्यस्ता काम तत्काल रोक्नुपर्नेमा उनले जोड दिए ।

मतदातालाई पायक पर्ने स्थानमा मतदान केन्द्र राख्ने निर्वाचन आयोगको चाहना भए पनि जिल्लाबाट दलीय सहमति अनुसार तोकिएको केन्द्रलाई नै आफुहरुले कायम गरेको पौडेलले बताए ।

निर्वाचनमा सुरक्षा चुनौतीलाई मध्य नजर गर्दै बिशेष सुरक्षा रणनीति तयार पारिएको क्षेत्रीय प्रशासक बेगेन्द्र राज शर्माले बताए । हामीले तराई र पहाडका जिल्लामा बिशेष सुरक्षा नीति बनाएका छौ, ‘जिल्लाको कुनै ठाउँमा सुरक्षा कमजोर भएको जानकारी आए २० देखी ३० मिनेट भित्र हवाई मार्फत सुरक्षाकर्मी परिचालन गरिने छ ।’

जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन साम्रागी सहित ९ सय ९६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत केशबप्रसाद बास्तोलाले बताए

Post Comment