एमालेको बिजय जुलुसमा कांग्रेसको आक्रमण

एमालेको बिजय जुलुसमा कांग्रेसको आक्रमण
समाचार

रामधुनी भासी नगरपालिका ५ का वडा अध्यक्षका उमेद्वार डेगराज फुयाँलको विजय जुलुसमाथि आक्रमण भएको छ । आइतबार राति निकालिएको जुलुसमा आक्रमण भएको स्थानीय एमाले नेता खगेन्द्र काफ्लेले जानकारी दिनुभयो । आक्रमणमा युवा संघ नगर अध्यक्ष पुरस्कार कार्की, एमाले नगर सदस्य कमल काफ्लेलगायत घाइते भएको बताइएको छ । जुलुसमा भाला, हेल्मेट र बाँस प्रयोग गरिएको एमाले कार्यकर्ताले बताएका छन् ।

घटनालाई काफ्लेले कांग्रेसको नांगो गुण्डा गर्दी भन्नुभएको छ । रामधुनीको वडा नं. १, २, ३, ४ र ५ को नतिजा आइसक्दा एमालेले वडा नं. २ र ५ को वडाध्यक्ष जितेको छ ।

Post Comment