स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर आफूबाट ठूलो गल्ती भएको भन्दै हेटौंडा उपमहानगरपालिकाको मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।
हेटौंडा ५ स्थित सानोपोखरामा मेयर उम्मेदवार राकेश कुमार शर्माले मंगलबार आफ्नै श्राद्ध गरेका हुन् । २०७२ असोज ३ गते जारी भएको संविधान मरिसकेको भनेर पटकपटक श्राद्ध गरेका शर्माले उक्त संविधान कार्यान्वयनकै लागि भएको चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
हेटौंडा–२ का शर्माले आफूले आफैलाई हालेको मत समेत मतगणनाको बेला हराएपछि उनको नराम्रो हार भएको थियो । उनले जम्मा तीन मत मात्रै प्राप्त गरेको बताइन्छ ।
संविधान मरिसकेको भनेर घोषणा गर्ने म आफै स्थानीय तह निर्वाचन लडेर ठूलो भुल गरेको भन्दै उनले भुलसुधारका लागि आफ्नै श्राद्ध गरेको तर्क गरेका छन् ।
हेर्नुस् यस्तो छ उनको विज्ञप्तिः
प्रधानमन्त्री,६०१ सभासद् (साँसद), नेताहरु र संविधानको श्राद्ध गर्ने राकेश कुमार शर्माले आफ्नो समेत श्राद्ध आफैले गरे । वि.सं. २०७२ साल असोज ०३ गते जारी संविधान मरिसकेको छ भनेर मैले पटक पटक विभिन्न ठाउँहरुमा संविधानको श्राद्ध गरे । तर मरिसकेको संविधानको स्थानिय तहको निर्वाचनमा म स्वयम्ले मेयर पदमा उम्मेदवारी दर्ता गराई स्थानिय तहको निर्वाचनमा भाग लिएकोेले म आफ्नो समेत श्राद्ध गरिएकोे व्यहोरा सवैलाई जानकारी गराउँदछु । मैले संविधान मरिसकेको छ भनेर घोषणा गर्नेले नै स्थानिय तहको निर्वाचन लडेर ठुलो भुल र गल्ती गरेको छु । आफु जिवित छँदै आफ्नो श्राद्ध गर्ने प्रचलन पनि छ । आफु जिवित छँदै आफ्नो श्राद्ध गर्ने कुराहरुको गरुड पुराण, भविष्य पुराण, अन्त्य पद्दति र जीवच्छ«ाद्धपद्दति पुस्तकमा पनि उल्लेख छ । मधेसी (राष्ट्रीय जनता पार्टी नेपाल) का नेताहरुलाई नहुने झुटो सपना बाँडने र झुटो आश्वासन दिने किन ? झुटो सपना बाँडने र झुटो आश्वासन दिने राष्ट्रघाती नेताहरु को को हुन ? मधेसी (राष्ट्रीय जनता पार्टी नेपाल) का नेताहरु कट्टर हिन्दुवादी हुन् । हिन्दु राष्ट्र फालेर धर्मनिरपेक्षता गर्न मधेसी (राष्ट्रीय जनता पार्टी नेपाल)का नेताहरुलाई फाईदा के ? पुष्पकमल दाहाल र सुभाषचन्द्र नेम्वाङ्ग जस्ता ठुला भन्ने टाउके पहाडीया नेताहरुले डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र फालेका हुन् । राजा सच्चा राष्ट्रवादी भएकाले नै ठुला भन्ने टाउके नेताहरुले राजसंस्था फालेका हुन् । यस कारण राष्ट्रघाती र बिकाउ नेताहरुको कारण मुलुकको स्वाधिनता धरापमा परेको छ ।
अब हाम्रो मुलुकको स्वाधिनताको हित र रक्षाको लागि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र , श्री ३ जंगबहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी र सैनिक शासन रहेको छ । हाम्रो देश डुब्न लाग्यो नागरिकहरु लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो नागरिकहरु लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो नागरिकहरु लौ न बचाई देउ ।
नोट:
– संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते गर्दा प्रहरीद्धारा पक्राउ
– संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते
– संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते संविधानको श्राद्ध गरियो ।
नोट: २०७४ साल आषाढ २० गते समय बिहान दिउसो ८ः०० बजे जिल्ला मकवानपुर, हेटौंडाको सानोपोखरा चोकमा म स्वयम् राकेश कुमार शर्माले आफ्नो श्राद्ध गरिएको व्यहोरा जानकारी गराउँदछु । साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, बस्ने स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले आफ्नो श्राद्ध आफैले गरेका छन् । श्राद्ध पण्डित डिकनाथ पौडेलले गराएका छन् ।
स्वतन्त्र नेपाली नागरिकः
राकेश कुमार शर्मा
मकवानपुर, हेटौँडा उ.म.न.पा. २