सरकारले संसदमा विचाराधीन संविधान संशोधन तेस्रो चरणको निर्वाचन अगाडि अघि नबढाउने तयारी गरेको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले समर्थन नगर्ने र एमाले विना दुई तिहाई नपुग्ने देखेपछि संशोधन अघि नबढ्ने अवस्था आएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।
मंगलबार बसेको तीन दलको बैठकमा एमालेले संशोधनमा समर्थन नगर्ने बताएको थियो । उसले सबै चुनाव सकेपछि मात्र संशोधनबारे छलफल गर्ने प्रस्ताव राखेको छ ।
कांग्रेस नेता निधिले ट्वीटमा भनेका छन्, ‘संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुई तिहाई नपुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अघि नबढ्ने भो ।’
उनका अनुसार अब यसबारे राष्ट्रिय जनता पार्टी नेपालसँग आजै छलफल गर्ने तय भएको छ ।