सूर्यमा विशाल कालो प्वाल, पृथ्वी ध्वस्त हुनसक्ने वैज्ञानिक चेतावनी

सूर्यमा विशाल कालो प्वाल, पृथ्वी ध्वस्त हुनसक्ने वैज्ञानिक चेतावनी
समाचार

सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन् ।

डेलिमेलकाअनुसार वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भएकाले उच्च सर्तकता अपनाउन चेतावनी दिइएको छ ।

Post Comment