ओलिले भने:- सविधानमा मैथिली भाषा ल्याउन तयार छौं तर हिन्दी कदापि हुन सक्दैन र दिदैनौं ’

ओलिले भने:-  सविधानमा मैथिली भाषा ल्याउन तयार छौं तर हिन्दी कदापि हुन सक्दैन र दिदैनौं ’
समाचार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पुनः एकपटक सविधानमा मैथिली भाषा ल्याउन सकिन्छ, तर हिन्दी भाषा ल्याउन नसकिने प्रष्ट पारेका छन् ।

उनले भने, मैथीली, भोजपुरी, अवधि, थारुलाई मास्नका लागि हिन्दी भाषा ल्याउन एमाले पार्टी कहिले तयार हुँदैन ।’
मधेशवादी दलप्रति संकेत गर्दै उनले मिथिला भन्ने वित्तिकै बम पड्काएर मारिदिने अनि हिन्दीको कुरा गरेर मधेशको मसिहा बन्न नसुहाउने टिप्पणी समेत गरे ।
मिथिला क्षेत्रका नेताहरु संसदमा मैथिली भाषामा आफ्नो कुरा राख्नुपर्ने हो, भोजीपुरी क्षेत्रका नेताले भोजपुरीमा राख्नुपर्ने हो तर, उनीहरु हिन्दी भाषामा कुरा राख्छन्, आफ्नो भाषा, सँस्कृतिलाई जगेर्ना गर्न नसक्ने नेताबाट के अपेक्षा गर्न सकिन्छ भन्दै सविधानमा हिन्दी भाषालाई राष्ट्रिय मान्यता दिलाएर अर्कै खेल हुने उनले आशंका व्यक्त गरे ।

राजधानीमा विहिवार मधेशी बुद्धिजिवी, नागरिक समाज, पत्रकारलगायतसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अ‍ोलीले जनकपुरमा मैथिली र मैथिलीको कुरा उठाउँदा बम प्रहार भएको सन्दर्भ उल्लेख गर्दै हिन्दी भाषालाई स्थापित गराउनका लागि भाषा आयोग गठन भएको दावी गरे ।
सविधान संशोधन सरकार वा भाषा आयोगले गर्ने होइन, उनले भने, सविधान संशोधन संसदले गर्ने हो तर, संशोधन विधेयकमा भनिएको छ, भाषा आयोगको सिफारिशमा राष्ट्रिय भाषालाई सविधानको अनुसूचिमा राखिनेछ, यो सरासर गलत हो, यो आयोगले गर्ने काम होइन ।’
भारतको युपी, विहार र उत्तराखण्डमा मात्र हिन्दी बोल्छन्, पन्जाव, असाम, बगांल, महाराष्ट्र, तामिललगायतका राज्यले हिन्दीको वकालत गर्दैनन् तर नेपालमा हिन्दी भाषाको वकालत हुन्छ भन्दै अध्यक्ष ओलीले भारतमा सम्पर्क भाषाको रुपमा अँग्रेजीलाई विकास गरेको छ तर, यहाँ नेपालमा सम्पर्क भाषाको रुपमा हिन्दीलाई अगाडि बढाईरहेको प्रति टिप्पणी गरे ।

भारतको धेरैजसो प्रान्तमा हिन्दी बोल्न सक्दैन मात्र होइन मतलब नै राख्दैनन् तर, त्यही हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषा बनाउन लागेको हो, तर मैथिली, भोजपुरी, अवधिलगायत भाषा समाप्त भइरहेको छ त्यसप्रति कसैको ध्यान नगएको भनि मधेशी दलका नेताहरुप्रति कटाक्ष गरे ।

Post Comment