भूमिराज जोशी, दिपायल, डोटी, साउन ६ | बर्षातका कारण पहिरो आउँदा डोटीमा एकै परिवारको १ जनाको मृत्यु भएको छ भने दुइजनाको अवस्था गम्भिर रहेको छ ।
बिहीबार राती साढे २ बजे पहिरो आउँदा सायल गाउँपालिका १ साबिकको छपाली ६ गाबिस बिनेवाडाका हरिमल भूलको घरमा पहिरो आउँदा हरिमलकी ३ बर्षीया छोरी मनिषा भूलको मृत्यु भएको छ भने घरमुली हरिमल र उनकी श्रीमती जमुना भूलको अबस्था गम्भिर रहेको स्थानीय प्रेम नेपालीले जानकारी दिनुभयो ।
घरमा राती सुतीरहेको अवस्थामा एक्कासी पहिरो आउँदा उक्त घटना भएको हो । हरिमलको ५ जनाको परिवारमा १ छोरा र १ छोरीलाई भने कुनै चोटपटक नलागेको बताइएको छ । घाइतेहरुलाई स्थानीय छपाली स्वास्थ्य चौकीमा प्राथमिक उपचामा प्राथमिक उपचार भइ धनगढी अस्पतालमा लिदै गरेको नेपालीले बताउनुभयो ।
घरमा चौपायाहरु सहित सिंगो घर सहित भत्किएको बताइएको छ । डौड प्रहरी चौकीबाट घटनाको बिबरण बुझ्न प्रहरी टोली बाटोमा पुगेको बताइएको छ ।