भारतीय जनता पार्टीको ‘आरएसएस’ जस्तै राप्रपाको ‘नेपाल धर्म तथा संस्कृति’ संगठन

भारतीय जनता पार्टीको ‘आरएसएस’ जस्तै राप्रपाको  ‘नेपाल धर्म तथा संस्कृति’ संगठन
समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीले सनातन धर्मको रक्षाका लागि भ्रातृसंगठनको रुपमा ‘नेपाल धर्म तथा संस्कृति’ संगठन गठन गर्ने निर्णय गरेको छ ।

राप्रपाको तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ भ्रातृसंगठन गठन गर्ने निर्णय गरेको हो । राप्रपाले यो संगठनलाई सबै स्थानीय तहमा विस्तार गर्ने जनाएको छ ।

बैठकपछि गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले प्रदेश नम्बर–२ मा बुद्धिमान तामाङको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले मतपत्रमा हलगोरु भएको उम्मेदवारबिनाको चुनाव चिह्न भएकाले त्यसलाई हटाउन निर्वाचन आयोगसँग माग गर्ने निर्णयसमेत गरेको छ ।

सरकारमा सहभागी हुने या नहुने भन्नेबारे भने बैठकले ठोस निर्णय गर्न सकेन । यसबारेको निर्णय गर्ने जिम्मा केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको अध्यक्ष थापाले जानकारी दिए ।

बैठकले राजसंस्थासहितको लोकतन्त्र, हिन्दूराज्य पुनःस्थापना र भ्रष्टाचारविरुद्धको अभियानलाई अघि बढाउने निर्णय पनि गरेको छ ।

 

Post Comment