चितवनको रत्ननगरका उद्योगपति तथा व्यवसायीलाई ‘र’ को एजेण्ड बनेर अपहरणको योजना बनाइरहेको बेला प्रहरीले चारजनालाई पक्राउ ‘र’ को एजेण्ट भन्दै अपहरण गर्ने चेतावनी सहित फिरौतीको रकम मागेका गरेको छ । उनीहरुले एसएमएस र फोनबाट फिरौतीको रकम मागेर धम्क्याएपछि अपहरणको मुख्य योजनाकार सहितलाई पक्रेर बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सशस्त्र प्रहरीको जागिरबाट भागेर बसेका सिपाही समेत छन् ।
मुख्य योजनाकार भनिएका धादिङ ज्वालामुखी गाउँपालिका २ का इश्वर बस्नेत र उनका तीन जना सहयोगीलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेत २०६४ बैसाखमा सशस्त्र प्रहरी बल सानो गौचर काठमाडौंमा भर्ना भई करिब ४ वर्ष जागिर गरी २०६८ असोजमा भागेर बसेका हुन् । उनी सहित धादिङकै रामकृष्ण श्रेष्ठ, रोशन बस्नेत र मनोज श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीहरुले रत्ननगरका व्यापारीलाई फोनबाट ५० लाख फिरौती रकम माग गरेको र नदिए ज्यान मार्ने धम्की दिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापाले बताए । चारैजना धादिङबाट चितवनको सौराहा, मकवानपुरको दामन हुँदै काठमाडौं पुगेका थिए । ‘उनीहरुले ठाउँ/ठाउँबाट मोबाइलको सिम परिवर्तन गरी धम्क्याएको पाइयो,’ एसपी थापाले भने, ‘पीडितको गोपनियतालाई ख्याल राख्दै सिमित जनशक्ति र प्रविधिको परिचालन गरि गोप्य रुपमा मुख्य योजनाकार सहितलाई पक्राउ गर्न सफल भयौं ।’
चारैजनालाई मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान टोली, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी चितवनको विशेष टोलीले काठमाडौंको नयाँ बसपार्कको सिस्नेरी गेष्ट हाउसबाट साउन ९ गते सोमबार पक्राउ गरेको हो ।
उनीहरुले पीडितलाई दाङको व्यापारी जस्तै हत्या गर्ने भन्दै पटक/पटक फोनबाट फिरौतीको रकम मागेका थिए । त्यसपछि उनी प्रहरीका कहाँ पुगी अपहरणकारीको धम्की र फोन एसएमएसका बारेमा जानकारी गराएका थिए । चारैजनाले ‘र’ को एजेण्ट भन्दै अपहरण गर्ने चेतावनी सहित फिरौतीको रकम मागेका थिए ।