रक्षामन्त्रीले भने:-विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प छैन

रक्षामन्त्रीले भने:-विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प छैन
समाचार

रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि चाहिने ‘र–मटरिअल्स’ अर्थात विष्फोटक पदार्थ भारतसँग ल्याउने प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘फाष्ट ट्रयाक निर्माण कार्य अगाडि बढाउनको लागि कुराकानी भैरहेको छ, नेपाली सेनाको आग्रह अनुसार नै उक्त निर्माण कार्य प्रारम्भ गर्न केही अत्याधुनिक र–मटरियल्स् चाहिने भएकोले उक्त विष्फोटक पदार्थ भारतसँग लिनको लागि निर्णय प्रक्रिया अघि बढिसकेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाजीको आगामी भदौमा हुने भ्रमणमा पनि यसबारेमा कुराकानी हुने छ, फाष्ट ट्रयाक निर्माणको लागि चाहिने आधारभुत र–अमटरियल्सको लागि प्रधानमन्त्रीले पनि थप कुरा राख्नुहुनेछ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प छैन, यो सामान भारतमात्रै पाउँछ, यसको लागि विशेष कुरा गर्न भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायजी काठमाडौंमै हुनुहुन्छ, छिट्ट्टै यसबारेमा निश्कर्षमा पुग्छौं।’’ उक्त निर्माणमा नेपाली सेना खटिएको छ ।

देशका विकट क्षेत्रका सडक निर्माणमा नेपाली सेनाले गर्दै आएको कार्य मूल्याङकनका आधारमा राजधानीसँग तराई मधेसलाई जोड्ने छोटो दुरीको द्रुतमार्ग निर्माणको जिम्मेवारी सेनालाई दिएको बताउदैँ उहाले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्ड, छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रूतमार्गले तोकिएको समयावधि भित्रै पूर्णता पाउने विश्वास दिलाउनुभयो ।

Post Comment