नेपालले जातीय र भाषिक पहिचानलाई समेटेर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा पार्टीले सकेसम्म एउटै जातीय र भाषिक पहिचान भएका ठाउँहरुलाई नछुटाई क्षेत्र निर्धारण गर्न उपयुक्त हुने सुझाव दिएको हो ।
जातीय र भाषिक पहिचानलाई सकेसम्म समेटिने गरी क्षेत्र निर्धारण गर्न सुझाव दिइएको पार्टीका संयोजक डा. बाबुराम भट्टरालले जानकारी दिए ।
पार्टीले जनसंख्या र भूगोलको आधारमा क्षेत्र निर्धारण गरेपनि त्यसको प्रतिशत पनि तोक्नुपर्ने माग गरेको छ ।
संविधानले जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारणको काम गर्ने भनेपनि त्यसको निश्चित प्रतिशत तोक्दा उपयुक्त हुने सुझाव डा. भट्टराइको छ ।
नयाँ संविधानमा जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था छ ।