छत्र लकाई खड्का, श्रावण ३०, मलेसिया । जाजरकोट जिल्ला सिवालय गाउँ पालिका वार्ड न. ३ घर भएका भिम बहादुर थापालाई मलेसियाको केलाङमा आईतबार दिउँसोको १:३० बजे केलाङको IME बाट घरमा पैसा पठाएर रुममा फर्कने क्रममा ३/४ जनाको सङ्ख्यामा आएका लुटेरा हरुले एक्कासी आएर कुट पिट गरे । नाकमा बक्सिङ्गले हाने अनि मुखको देब्रे साइडमा पनि बक्सिङ्गले हाने त्यतिबेला नाक र मुखबाट एकदमै रगत आयो ।
उनको अनुहार सुनिएको छ बाहिरी देखावटी घाउ छैन, तर भित्र छ कि भन्ने शंकाले डाक्टरले सोमबार x-ray गर्नु पर्छ भन्ने सल्लाह दिएको कुरा स्वदेश न्युज डट कमलाई उनले बताए । उनी मलेसियामा आएको २८ महिना भयो । उनको लेनेबो मोबाइल ८८९ मोडेल, नगद मलेसियन रिङ्गेट ४०० सय र दुई बैंक कार्ड समेत लुटिएको छ । हाल उनको अवस्था सामान्य छ ।