राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीले नेपाल र भारतबीचको आन्तरिक सम्बन्धमा सुधार गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘भारतलाई नेपालले ईतिहासमा धेरै चोटि प्रयोग गरेको छ, कुनै बेला राणाको बिरुद्धमा राजा भारत गए, त्यतिबेला राणाले हस्तक्षेप भन्यो, त्यसपछि राणा शासन सकियो, त्यसपछि राजतन्त्र ढलाउन कांग्रेसले भारतसँग साथ माग्यो त्यति बेला भारतलाई राजाहरुले हस्तक्षेपको आँखाले हेरे नेपालको राजनीति यसरी चलेको छ । यहाँ एकले अर्कोलाई हस्तक्षेपको आरोप लगाएर समस्याको समाधान हुन्न ।’
नेता त्रिपाठीले नेपाल भारत सम्बन्धलाई कसैले चाहेर पनि तोड्न नसक्ने भन्दै यो जनस्तरको सम्बन्ध भएका बताए । ‘दिल्ली र काठमाडौले सम्बोधन गरेर सम्बन्ध दिगो हुन्न । मधेसलाई बेवास्था गरेर गरिएको कुनै पनि सम्बन्ध जनस्तरको हुन्न त्यो नेताहरूको मात्र हुन्छ । त्यसैले मधेसलाई सम्बोधन गरेर सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ,’ उनले भने ।