नेकपा माओवादी केन्द्रबाट ८ जना राज्यमन्त्री सरकारमा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट क्षेत्र, लिंग, धर्म, समुदाय सबैको प्रतिनिधित्व हुने गरी ८ जनाको नाम छनोट गरीएको माओवादी केन्द्रले बताएको छ । आज दिउँसो चार बजे सपथ ग्रहण हुँदैछ ।
राज्यमन्त्री नाम र मन्त्रालय यसप्रकार छः
- श्याम श्रेष्ठ – गृह मन्त्रालय
- रामसिंह यादव – स्वास्थ्य मन्त्रालय
- छमबहादुर गुरुङ – सहरी विकास मन्त्रालय
- शम्भु श्रेष्ठ – उर्जा मन्त्रालय
- वांगदी शेर्पा – सामान्य प्रशासन मन्त्रालय
- जाकीर हुसैन – समाज कल्याण मन्त्रालय
- गोमा कुँवर – पशुपन्क्षी मन्त्रालय
- कर्ण बिक – आपूर्ती मन्त्रालय