नेपालका मन्त्री नै भन्छन् :- तराई डुब्नुमा भारत दोषि छैन,कोशि बांध खोल्दा बिहार डुब्छ

नेपालका मन्त्री नै भन्छन् :-  तराई डुब्नुमा भारत दोषि छैन,कोशि बांध खोल्दा बिहार डुब्छ
समाचार

श्रममन्त्री फर्मुल्लाह मन्सुरले तराई मधेसमा भएको डुबानमा भारतको कित्तपनि दोष नरहेको बताउनुभएको छ ।

पत्रकार ऋषि धमलालसँग ‘धमलाको हमला’ कार्यक्रममा बोल्दै मन्त्री मन्सुरले तराईको डुबानलाई लिएर भारतलाई गाली गर्नुको कुनै कारण नरहेको बताउनुभयो ।

‘तराई मधेस डुबानलाई लिएर भारतको विरोध गर्नु वा गाली गर्नुको कुनै कारण छैन’, उहाँले भन्नुभयो, ‘डुबान हुनुमा नेपाल आफै दोषी छ ।’

मन्त्री मन्सुरले कोशीको बाँधका ढोका खोल्न नहुने बताउनुभएको छ । ‘कोशीको बाँधका ढोका खोल्ने होइन । आवश्यक्ता छैन’, उहाँले भन्नुभयो, ‘कोशी ब्यारेजको ढोका खोल्दा बिहार डुबानमा पर्छ ।’

प्रकृतिक विपत्तीसँग सामना गर्न नेपाल आफैले पूर्वतयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

पैसाको बिटो ल्याएर बदनाम गर्ने प्रयास

श्रममन्त्री मन्सुरले फ्रि भिसा र फ्रि टिकटका विषयमा आफूलाई बदनाम गराउन केही रोजगार व्यवसायीहरू लागेको बताउनुभएको छ ।

‘फ्रि भिसा र फ्रि टिकट बन्द गराउन लगाएर मलाई बदनाम गराउन केही व्यवसायीहरू लागेका छन् । पैसाको बिटो ल्याएर दिने प्रयास गरेका छन्’, उहाँले भन्नुभयो, ‘तर, म एकईञ्च पनि बिचलित भएको छैन । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने पनि म मान्दिन । बरु राजीनामा दिन तयार छु ।’

Post Comment