एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयक सदनले असफल पारेर देश हितका विषयमा निर्णय गरेको बताएका छन् ।
मंगलबार व्यवस्थापिका संसदमा बोल्दै अध्यक्ष ओलीले विपक्षमा मत दिने सांसदहरुलाई धन्यवाद समेत दिए । प्रकृयामा गएर आएको परिणामले संविधानको सर्वस्वीकार्यता बढेको बताए ।
संविधान जारी गरेका बेला केही असन्तुष्टि रहेपनि सदनले यसको छिनाफानो गरेको अध्यक्ष ओलीको भनाई थियो ।
संसदमा सोमबार सशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा अस्वीकृत भएको थियो ।
उनले भुकम्प गएको लामो समय वित्दा पनि सरकारको गैरजिम्मेवारीपुर्ण व्यवहारका कारण पीडितहरु प्लाष्टिकमुनि नै बस्न बाध्य भएको बताए ।
उनले सरकारलाई कुरामात्र नगरी काम गरेर देखाउन आग्रह गरे । पुननिर्माण प्राधिकरण छ छैन भन्ने पत्तो नभएको उनको भनाई थियो ।
उनले तत्काल, विपत व्यवस्थापन गर्न प्रतिपक्ष मिलेर काम गर्न तयार रहेको भन्दै सरकार नै सहकार्य गर्न तत्पर नभएको बताए ।