भारतमा प्रधानमन्त्री देउवाले गरे राष्ट्रघाती सम्झौता,४३ बर्षपछि भारतिय इच्छा पुरा

भारतमा प्रधानमन्त्री देउवाले गरे राष्ट्रघाती सम्झौता,४३ बर्षपछि भारतिय इच्छा पुरा
समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा भएको एउटा सम्झौताले नेपाली राजनीतिलाई फेरि तरंगित गरिदिएको छ । खासगरि, भारतले लामो समयदेखि कोसिस गर्दै आएको कोशी उच्च बाँध बनाउने सम्झौतामा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा बिहीबार सार्वजनिक गरिएको नेपाल र भारतको संयुक्त विज्ञप्तिको २८ नम्बर बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति उल्लेख छ । नेपालका पूर्वप्रधानमन्त्रीहरु, सीमाविद् र अन्य विज्ञहरुले समेत विरोध गर्दै आएको कोशी उच्च बाँधमा प्रधानमन्त्री देउवाले सहजै हस्ताक्षर गर्नुले निकै ठूलो आशंका उब्जिएको छ ।

हुन त पञ्चायतकालदेखि नै भारतले कोशी नदीमा उच्च बाँध बनाउने प्रस्ताव गर्दै आएको थियो । तर, तत्कालिन राजा महेन्द्र र त्यसपछिका राजा वीरेन्द्रले अस्वीकार गरेका थिए । २०२६, २०३१ र २०३५ सालमा पटकपटक भारतले जोडदार रुपमा यो कुरा उठायो । पञ्चायतकालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापामार्फत भारतले यो प्रस्तावलाई पटकपटक अघि बढाएको थियो । २०३१ सालमा त भारतले चर्को दबाब नै दिएको थियो । जतिबेला राजा वीरेन्द्र थिए । तर, त्यसलाई दरबारले विरोध गरेपछि असफल भएको थियो । कोशीमा उच्च बाँध बाँध्ने भारतको प्रस्तावलाई राजा महेन्द्र र त्यसपछि राजा बनेका वीरेन्द्रले अस्वीकार गरेपछि भारत चिढिएको थियो । ४३ बर्षपछि भारतको त्यही प्रस्तावलाई गणतन्त्र नेपालका प्रधानमन्त्री देउवाले सहर्ष पूरा गरिदिएका छन् । जबकी देउवाको यो सम्झौताको प्रतिपक्षी नेकपा एमालेदेखि अधिकांश दलहरु विरोधमा उत्रिएका छन् । माओवादी निकट युवा संगठन वाइसीएलले ६ बर्षअघि नै यो प्रस्तावलाई ‘राष्ट्रघाती’ भन्दै विरोध गरेको थियो । जतिबेला माओवादी प्रतिपक्षमा थियो । तर, संयोग कस्तो परेको छ भने अहिले त्यही माओवादी सत्ताको मुख्य साझेदार छ । र, देउवाले गरेको सम्झौतालाई माओवादीले आँखा चिम्लेझैं गरेको छ ।

Post Comment