नेपाल आइडल‘ टप फाईभ’वाट आउट सुजातालाई बुटवलमा भव्य स्वागत

नेपाल आइडल‘ टप फाईभ’वाट आउट सुजातालाई बुटवलमा भव्य स्वागत
समाचार

नेपाल आइडल’ को ‘ टप फाईभ’वाट आउट भएकी सुजता पाण्डेयलाई गृह नगर बुटवलमा भब्य स्वागत गरिएको छ । नेपाल आईडलवाट बाहिरिएपछि घर पुगेकी पाण्डेयलाई समर्थकहरुले स्वागत गरेका हुन् ।

गत शुक्रवार दर्शकको कम भोट पाएर बुटवलकी २१ वर्षीय पाण्डेलाई आउट भएकी थिईन् ।

अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउने सुजाता पाण्डेय पनि नेपाल आइडलको उत्कृष्ट पाँच सम्म आईपुगेकी थिईन् । बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन् ।

Post Comment