चन्द्रनिगाहपुरमा मेयरका उम्मेदवारलाई लक्षित गरी शक्तिशाली बम विष्फोट

चन्द्रनिगाहपुरमा मेयरका उम्मेदवारलाई लक्षित गरी शक्तिशाली बम विष्फोट
समाचार

रौतहट जिल्लाको चन्द्रनिगाहपुर (च.पुर) नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा अज्ञात समूहले शक्तिशाली बम विष्फोट गराएको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै बम विष्फोट भएको स्रोतले जनाएको छ । बुधबार राति करिव साढे नौ बजे बम विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको स्रोतको भनाइ छ ।

बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यसअघि मंगलबार राति लहानमा पनि अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

सुरक्षा स्रोतका अनुसार सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने अनुमान गरेको छ ।

Post Comment